󠀠

लुम्बिनी प्रदेश सरकार

आन्तरिक मामिला तथा कानुन मन्त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

April 24, 2022

हेलो मुख्यमन्त्री कक्ष सञ्चालन सम्बन्धी सूचना

प्रदेश सरकारका गतिविधि तथा सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो, सूचना, जानकारी सम्प्रेषण गर्न/प्राप्त गर्न  सहज होस्‌ भन्ने उद्देश्यले यस कार्यालयको वार्षिक कार्यक्रम अनुसार यसै कार्यालयमा हेलो मुख्यमन्त्री कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार र प्रदेशवासीहरुका बिचमा सूचना आदान प्रदानमा सहजता ल्याउनको लागि दैनिक १४ घण्टा (विहान ६ बजेदेखि साँझ ८ बजे सम्म) सञ्चालन गर्ने गरी कक्षको स्थापना गरिएको छ । त्यसैले कक्षमा व्यवस्था गरिएका देहाय बमोजिमका माध्यमहरुबाट प्रदेश सरकारसँग जोडिनु हुन इच्छुक प्रदेशवासी लगायत सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

 

सूचना सम्प्रेषणका माध्यमहरु:

टोल फ्रि नं: १६६०७१५२००७

ल्याण्ड लाइन टेलिफोन नं. ०७१-५३५८०६

इमेल ठेगाना: hellocmlumbini@gmail.com

फेसबुक पेज: https://www.facebook.com/HelloCMLumbini

मोबाइल नं. ९८५७०८६४२८